श्रवन देवकोटा
फागुन १८, सल्यान ।
सल्यानकाे एउटै ठाउँमा एकैरात चार अाेटा सवारी साधनमा ताेडफाेड भएकाे छ ।
जिल्लाकाे राप्ती राजमार्गमा पर्ने बागचाैर नगरपालीकाकाे खरीबाेट बजारमा गएराती अज्ञात समूहले चार अाेटा सवारी साधनमा ताेडफाेड गरेकाे प्रहरीले बताएकाे छ ।
रातीमा राकि राखेकाे अवस्थामा ताेडफाेड हुने सवारी साधनमा रा १ च ५२९ काे थापा क्षेत्रीय कल्याण समिति रुकुम जिल्ला शाखा द्वारा संचालित एम्बुलेन्स, बा ८ च ४८४५ नम्बरको कार, लु १ च ७२३३ नम्बरको सानाे गाडी र रा २ प ८२९ नम्बरको माेटरसाईकल रहेकाे इलाका प्रहरी कार्यालय थारमारेका सर्इ बाल बाहदुर थापाले बताएका छन् ।
प्रहरीका अनुसार ताेडफाेडबाट गाडीका सिसाहरु फुटेका छन् भने माेटररसार्इकललार्इ बजार नजिकैकाे बास घाँरीमा फालिएकाे छ ।
अहिले संकासपद दुर्इजनालार्इ प्रहरीले नियन्त्रनमा लिएकाे बताएकाे छ ।