• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

अाज फेरी अायाे भुकम्प, हल्लायाे दाेलखालार्इ


फागुन १८, काठमाडौँ ।

दोलखामा आज ४.६ रेक्टर स्केलको परकम्प गएको छ ।

जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो । गत फागुन ९ गते बिहान काठमाडौँको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु भई ३.६ रेक्टरको परकम्प गएको थियो ।

गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ४९१ वटा परकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार चार रेक्टर स्केलभन्दा मुनिका परकम्प दिनहुँजसो गइरहेका छन् ।

चारभन्दा माथिको मात्र रेकर्ड हुने भएकाले साना परकम्पलाई सतर्कताका लागि मात्र विवरण दिने गरिएको छ । रासस

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार