• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीले भने- ‘देशलाई भ्रष्टाचारमुक्त बनाउँछु’, यस्ताे छ सुत्र


फागुन १८, काठमाण्डाैँ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाउने दावी गरेका छन् ।

शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू मातहतको निकायमा नगिर्ने प्रतिवद्धता व्यक्त गरे । आफू नेतृत्वको सरकारले भ्रष्टचार गरे सार्वजनिक रुपमा चुनौति पनि सबैसँग आग्रह गरे । उनले भ्रष्टाचार अन्त्यका लागि माथिल्लो निकाय मातहतको नजर गिर्न नहुने सुत्र पनि प्रस्तुत गरे । मातहतको निकाय नगर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सुत्र भएको तर्क समेत अाेलीले गरे ।

प्रधानमन्त्री ओलीले सरकारले ढिला नगरी मुलुकको आवश्यक्ता अनुसारको शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकासका लागि सरकारले आवश्यक्ता अनुसारको जनशक्ति उत्पादन गर्ने विधि र प्रक्रियाको विषयमा गम्भिर छलफल गरिरहेको पनि बताए ।

प्रधानमन्त्री ओलीको मुलुकको समग्र क्षेत्रको विकासलाई अघि बढाउन पनि दक्ष जनशक्ति उत्पादनको काममा ढिलाई गर्न नहुनेमा सरकार सचेत रहेको पनि स्मरण गराए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार