• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

सलमान खानको नेपाल भ्रमण स्थगित


फागुन १८, काठमाडौं ।

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।

नेकपाकाे चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

भूकम्पको बेला दुईशब्द सहानुभूति नदिने सलमानलार्इ रक्सीको प्रचार गर्न नेपाल आउन लागेकाे भन्दै नेकपाले अाउन नदिने बताएकाे थियाे ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार