फागुन १८, दाङ ।
नदीमा नुहाउने क्रममा दाङमा डुबेर एक बिधार्थीको मृत्यु भएको छ ।
होलि खेलेर दाङ देउखुरीको राप्ती नदिको बलरामपुर घाटमा नुहाउने क्रममा नदिमा डुब्दा देउखुरी स्थित पृथु टेक्नीकल कलेज आई एस एजि चौथो बर्षमा अध्यनरत काठमाण्डौ गोगबु बसर्पाक निबासि बर्ष २२ को सुदिप लम्सालको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले जानकारी दिए ।
होली खेलेर ९ जना बिधार्थी सगै राप्ती नदीको बल रामपुर घाटमा नुहाउन गएको तर सुदिप नुहाउने स्थानमा पानिको ठुलो भुमरी रहेको र सो भुमरीमा परेर निजको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।