• २०७७ कार्तिक ७ गते शुक्रवार
  • Preeti To Unicode

अछाम पुगेका प्रचण्डले फोरमबारे त्यस्तो भने, मधेस मुद्दालाई यस्तो गरिदै


कमल रावल
फागुन १८, अछाम ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सहभागीहुने निश्चित भैसकेको बताएका छन् ।

आज अछाम पुगेका अध्यक्ष प्रचण्डले पत्रकार सँगको कुराकानीमा फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको जानकारी दिएका हुन् । फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवाद केन्द्र तयार भइसकेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

मधेस आन्दोलनका क्रममा उठाइएका मुद्दालाई राजनीतिक छलफल र सहमतिका आधारमा संविधान संशोध नगरिने उनले बताए । अध्यक्ष प्रचण्डले संघिय सरकारको पुर्णता पाएसंगै आफूहरु सुशासन र समृद्धि सहितको विकास निर्माणमा केन्द्रित हुने उनले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार