• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सुर्खेतमा पौडी खेल्दा डुबेर एक जनाकाे मृत्यु


फागुन १८, सुर्खेत ।

सुर्खेतमा पौडी खेल्ने क्रममा नदीमा डुवेर एक जनाकाे मृत्यु भएको छ ।

जिल्लाकाे भेरीगंगा नगरपालिका ५ बबई नदीमा नुहाउन र  कपडा धुन गएका लमजुङ् जिल्लाको म्याग्दी गाउँपालिका ३ घर भएका ३५ वर्षका  मुक्तिप्रसाद जैशीको (सवारी चालक) पौडी खेल्ने क्रममा नदीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएकाे छ । निर्माणाधीन भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण स्थलमा उनकाे मृत्यु भएकाे हाे ।

भेरीगंगा नगरपालिका ५ बबई नदीमा नुहाउन, कपडा धुन गएका उनी डुबेर मृत्यु भएको घटना स्थलमा प्रहरी पुगेर लासलाई पोष्टमार्टमको लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पठाईएको जनाईएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार