• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

पार्टी एकताबारे प्रचण्डले मिति ताेके, दुई तीन दिनभित्र यस्ताे हुदै


फागुन १८, अछाम ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माअाेवादी केन्द्रबिच पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल, अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो सातामा पार्टी एकताको घोषणा हुने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्र र एमालेबीच पार्टी एकतामा शंका गर्ने ठाउँ नरहेको प्रष्ट पारेका छन् । उनले अब दुई तीन दिनभित्र सरकार विस्तारले पूर्णता पाउने बताए ।

स्थानीय, प्रदेश र संघीय गरी तीन चरणको सरकार गठन भएर देश अघि बढिसकेको भन्दै उनले अब देशले आर्थिक विकास र समृद्धि तथा समाजवादको यात्रा सुरु गरिसकेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले जनयुद्धको आधार इलाका रामारोशनलाई युद्ध पर्यटन क्षेत्रको रूपमा विकास गरिने आश्वासन दिँदै यहाँका तालहरू र वरिपरिको प्राकृतिक स्रोतको संरक्षणमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यस्तै उनले संघीय समाजवादी फोरम सरकारमा सहभागीहुने निश्चित भैसकेको बताएका छन् । प्रचण्डले फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको जानकारी दिएका हुन् । फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवाद केन्द्र तयार भइसकेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार