• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सलमान खानकाे स्थगितपछि अायाेजकले भन्याे- ‘टिकट सुरक्षित राख्नुहाेस् वैशाख मिति घोषणा गरिन्छ’


फागुन १८, काठमाडौं ।

भूकम्पको बेला दुईशब्द सहानुभूति नदिने सलमान खान रक्सीको प्रचार गर्न नेपाल आउन लागेकाे भन्दै नेकपा सम्वद्ध अखिल नेपाल सांस्कृतिक महासंघले खानलार्इ नेपाल नअाउन चेतावनी दिएपछि उनकाे नेपाल आगमन रोकिएको छ ।

फागुन २६ गते शनिबार काठमाडौंमा हुने ‘दबंग’: द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन भारतीय चर्चित कलाकार सलमान खान नेपाल अाउन लागेका थिए । त्यही अनुसारकाे आयोजकले प्रचार पनि गरेको थियो । सलमान अाफैले नेकपाकाे चेतावनी पछि नेपाल नअाउने बताएका हुन् ।

तर अायाेजले भने एक/दुई दिनमै वैशाख पहिलो साता गर्ने गरी कार्यक्रमको नयाँ मिति घोषणा गरिने भन्दै टिकट सुरक्षित राख्न आग्रह गरेको छ । ओडीसी इन्टरटेनमेन्टका अनुसार खानको नेपालको कार्यक्रम तत्काललाई स्थगित मात्रै गरिएको बताइएकाे छ ।

आयोजकले कार्यक्रम स्थगित गर्नुको स्पष्ट कारण भने खुलाएको छैन । फागुन २६ गते खानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्सलगायत कलाकार आउने तय भएको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार