• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

अखिल नेपाल महिला संघ क्रान्तिकारी बागचौरको प्रथम नगर सम्मेल सम्पन्न, अध्यक्षमा केसी


फागुन १८, सल्यान ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी बागचौरको प्रथम नगर सम्मेल आज बागचौरमा सम्पन्न भएको छ ।

प्रथम नगर सम्मेलन बाट कल्पना केसीको अध्यक्षतामा २९ सद्सिय नयाँ कार्यसमिति गठन गरेको छ ।जस्को उपाध्यक्षमा पुस्पा डाँगी, तारिका खड्का सचीव पदमा, महिमा खत्री,सह-सचीबमा जयकला वलि र कोषाध्यक्ष पदमा जयमाता सुनार रहेकी छन् ।

प्रथम नगर सम्मेलनमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि पुर्व विद्यार्थी एवं महिला संगठ सल्यानकी संयोजक टीका बुढाथोकीले आफ्नो संगठनले महिलाहरुको अधिकार प्राप्तिका लागि महत्त्वपूर्ण भुमिका खेलेको बताइन् । आफ्नो पाटिमा आबद्ध रहेका महिलाहरु युद्धकाल देखि हालसम्म पनि महिलाहरुको हक अधिकार प्राप्तिका लागि लडिरहेको उनले बताइन् । बुढाथोकीले प्रथम नगर सम्मेलन बाट निर्बाचित कार्यसमितिलाई बागचौर नगरपालिका भित्र सशक्त रुपले गतिविधि हरु बढाउन समेत निर्देशन दिएकी छिन्।

कार्यक्रमका बिशिस्ट अतिथि नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा जिल्ला सह इन्चार्ज कृतिबहादुर पुन (प्रकाण्ड), पार्टीका बागचौर नगर इन्चार्ज लोकमान बुढाथोकी (एलमान), सह-इन्चार्ज कल्पना पुन (रचना), नगर संयोजक तुल्सिराम घर्ती (जनक) र वाइसीएलका केन्द्रिय सदस्य सोभाराम भण्डारीले सम्मेलन सफल्ताको शुभकामना दिएका थिए

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार