• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै


फागुन १९, काठमाण्डाैँ । 

प्रधानमन्त्री ओलीलाई बधाई दिन पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी नेपाल आउने भएका छन् । उनि फागुन २१ गते (सोमबार) नेपाल आउने र २२ गते (मंगलवार) स्वदेश फर्किने छन् ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार अब्बासीले सद्भाव भ्रमण गर्न लागेका हुन् । पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबारे आधिकारिक घोषणा भने दुबै पक्षले गरेको छैन । अब्बासीले आएकै दिन प्रधानमन्त्री केपी ओलीलाई भेट्ने छन् । यसअघि कुनै पनि देशका सरकार प्रमुख बधाई दिन नेपाल आएका थिएनन् ।

कुटनीतिक जानकारले ओली–अब्बासीबीच सार्क सम्मेलनका विषयमा पनि कुराकानी हुनसक्ने औल्याएका छन् । सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले १९ औं शिखर सम्मेलनमार्फत पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्नुपर्ने छ ।

सन् २०१६ को नोभेम्बर ९–१० का लागि पाकिस्तानमा तय भएको १९ औं शिखर सम्मेलन भारत–पाकिस्तानको द्वन्द्वका कारण विथोलिएको थियो । प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार