• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

धन कमाउन टर्की पुगेका ३ नेपाली यसरी दुखत अवस्थामा स्वदेश फर्किए


फागुन १९, काठमाडौं ।

टर्की पुगेका तीन नेपाली युवा १४ माघमा अपहरणमा परेका छन् । पाकिस्तानी नागरिकबाट अपहरणमा परेका उनीहरु करिब १५ लाख रुपैयाँ फिरौती बुझाएर नेपाल फर्किएका हुन् ।

मोरङको केराबारी–९ का किरण मगर, खोटाङको रुपाकोटका टीकाराम विश्वकर्मा र ताप्लेजुङको मेवाखोला–३ का टीका लिम्बु अपहरणमा परेका थिए । पाकिस्तानीद्धारा उनीहरुलाई ७ दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती मागिएको बताएका छन् ।

उनीहरु नेपालबाट मकाउका लागि भनेर भारततर्फ छिरेका थिए । तर, भारत पुगेपछि भिसा नै नलागेको थाहा पाएको बताए । त्यसअवधिमा उनीहरुले न त घर फर्किन पाए, न त परिवारसँग आफ्नो दुःख सुनाउने मौका नै पाए ।

भारतमा ३ महिना विताएपछि मकाउभन्दा टर्कीमा राम्रो कमाइ हुने भन्दै विभिन्न प्रलोभन देखाइयो । अन्ततः उनीहरु टर्कीका लागि उडे । तर, त्यहाँ उनीहरुले न भने जस्तो काम पाए, न राम्रो कमाइ गर्न नै सके । बरु, उल्टै फिरौती तिरेको रकम बराबरको ऋण बोकेर स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार