• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

महासचिव पक्राउ प्रति सल्यानकाे अखिल क्रान्तिकारीकाे अापत्ती, फागुन २० गते शैक्षिक हडताल


फागुन १९, सल्यान । 

नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारीका केन्द्रिय महासचिव दिपेन्द्र चलाउने लगाएतका नेता कार्यकर्ता पक्राउ परेकाे प्रति सल्यानकाे अखिल क्रान्तिकारीले अापत्ती जनाएकाे छ ।

२१ अाै राष्ट्रिय सम्मेलनमा जुटिरहेकाे समयमा संगठनका महासचिव लगाएतका नेता कार्यकर्ता प्रकाउ परेकाे भन्दै सल्यानकाे संगठनले अापत्ती जनाएकाे हाे । अाज संगठनका जिल्ला अध्यक्ष  टंक प्रकाश केसीले एक विज्ञप्ती जारी गर्दै गिरफ्तार नेताहरुकाे बिनासर्त रिहाइको लागी फागुन २० गते केन्द्रीय कार्यक्रम अनुसार सल्यानमा पनि शैक्षिक हडताल काे घाेषणा गरिएको बताइएकाे छ ।

विज्ञप्तीमा भनिएकाे छ- “महाकाली बेच्नेहरु, नेपालकाे भुमि बेच्नेहरु, नेपाली छाेरि चेली बेच्नेहरु, युवा बेच्नेहरु, शिक्षामा कालाेवजारि गर्नेहरु खुलियाम राेडमा हिड्ने र सर्बोच्चले माला लगाएर पठाउने तर त्यहीँ दलालिकरणका बिरुद्ध अान्दोलन गर्नेहरुलाई जेल काेच्नु राज्य फासिस्ट शैली हाे। यसले ठुलो बिद्रोह निम्त्याउने कुरा निश्चित छ ।”

विज्ञप्तीमार्फत सल्यान जिल्ला स्थित सबै शैक्षिक संस्थाहरु बन्दगरि हडताल सफल पारि नागरिकले शान्तिपूर्ण रुपले गर्ने पाउने राजनीतिक अधिकार सुनिश्चित गर्नमा सहयोग गर्न सबैलार्इ अनुरोध गरिएकाे छ ।

यस्ताे छ विज्ञप्तीकाे पुर्न पाठ

अखिल क्रान्तिकारी सल्यान
जिल्ला समिति
प्रेस विज्ञप्ति
हाम्रो महान तथा गाैरवशाली संगठन अखिल क्रान्तिकारी इतिहास का सवै धाेका र गद्दारिका विरुद्ध ठुलो त्याग ,वलिदान र समर्पण गरेको कुरा यथावतै छ ।यतिबेला अखिल क्रान्तिकारी “बैज्ञानिक समाजवादी शिक्षा “सृदृढ संगठन का लागि २१राष्ट्रिय सम्मेलन भन्ने मुल नारा २१ अाै राष्ट्रिय सम्मेलनमा जुटिरहेको छ ।राष्ट्रिय सम्मेलन काे तयारी कै क्रममा हाम्रो संगठन का महासचिव दिपेन्द्र चलाउने लगायत अन्य नेता कार्यकर्ता देशैभरि बाट अरहरण शैलीमा गिरफ्तार गरिएको छ महाकाली बेच्ने हरु ,नेपाल काे भुमि बेच्ने हरु ,नेपाली छाेरि चेली बेच्ने हरु ,युवा बेच्ने हरु ,शिक्षा मा कालाेवजारि गर्ने हरु खुलियाम राेडमा हिड्ने र सर्बोच्च ले माला लगाएर पठाउने तर त्यहीँ दलालिकरणका बिरुद्ध अान्दोलन गर्ने हरु लाई जेल काेच्नु ,राज्य फासिस्ट शैली हाे यसले ठुलो बिद्रोह निम्त्याउने कुरा निश्चित छ।गिरफ्तार कमरेड हरुकाे बिनासर्त रिहाइको माग गर्दै फागुन 20गते केन्द्रीय कार्यक्रम अनुसार शैक्षिक हडताल काे घाेषणा गरिएको हुदा सल्यान जिल्ला स्थित सबै शैक्षिक संस्थाहरु बन्द गरि हडताल सफल पारि नागरिक ले शान्तिपूर्ण रुपले गर्ने पाउने राजनीतिक अधिकार सुनिश्चित गर्नमा सहयोग गर्ने सबैमा अनुरोध गर्दछौं ।।
मिति 2074फागुन 19 क्रान्तिकारी अभिवादन !!
टंक प्रकाश के सी
अध्यक्ष
अखिल क्रान्तिकारी सल्यान

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार