• २०७७ फाल्गुन २५ गते मङ्गलवार
  • Preeti To Unicode

कर्णाली प्रदेशको नाम परिवर्तन गर्न अाफु लागिपरेकाे मन्त्री ज्वालाकाे खुलासा, नाम यस्ताे बनाउने दाबी


फागुन १९,  सुर्खेत ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको नाम परिवर्तनका लागी आफुहरु योजना निर्माणमा लागेको बताएका छन् । सल्यान २ का सांसद् समेत रहेका ज्वालाले अब आफ्नो प्रदेशको नाम परिवर्तन गरेर आत्मनिर्भर प्रदेश बनाइने बताएका हुन् ।

सुर्खेतमा अनमोल स्मृति प्रतिष्ठानको पहिलो वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै एमालेका पोलिटव्युरो सदस्य समेतर हरेका मन्त्री ज्वालाले विगतमा विपन्नता, आर्थिक अभाव, पछौटेपन, गरिवी, भोकमरीको अर्को नाम कर्णाली प्रदेश भएपनि अवको दिनमा त्यो नाम परिवर्तन गरी आत्मनिर्भर प्रदेश बनाउने संकल्प  रहेकाे बताएका हुन् । उनले प्रदेशलार्इ आत्मनिर्भर गराउन जनताको सहयोग, श्रम र मेहनतको खाँचो औल्याए ।

विगतमा जस्तो राजनीतिक अस्थिरता नहुने र अब विकास निर्माणको कामले तीव्रता पाउने उनको भनाइ थियो । ‘अब हरेक ९ महिनामा सरकार बदलिनेछैन ।

मुहार फेरिएलान् तर सरकार स्थिर नै हुनेछ ।’ उनले भने, ‘त्यसैले सबै जनप्रतिनिधि,सांसदहरु विकास निर्माणका योजना बनाई कार्यान्वयनमा तदारुकताका साथ लाग्न जरुरी छ ।’

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार