• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

रोल्पामा गाडीको ठक्करबाट एक जनाकाे खुट्टा भाँचियाे


मनिषा राइ
फागुन १९, रोल्पा ।
पश्चिम रोल्पाको परिवर्तन गाउपालिका ६ मा गाडीको ठक्करबाट एक जना घाइते भएका छन् ।

शनिवार दाङबाट खरिवोट तर्फ जादै गरेको ना ४ ख ७८६८ नं.को बसको ठक्करबाट पैदल यात्री परिवर्तन गाउपालिका ५ निवासि अन्दाजि ७१ बर्षिय टेक बहादुर घर्तीमगर घाइते भएका छन् ।

घाइतेको दाया खुट्टा भाचिएको छ । घाइतेलाई माडी गाउपालिका २ घर्तीगाउमा अवस्थित स्मृति हस्पितल प्रालिमा पुर्याएकाे  इप्रका घर्तीगाउले जानकारी दिएको छ । ठक्कर दिने गाडी इप्रका इरिवाङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार