• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यानकाे बागचौर बजारमा प्रहरी बिट उद्घाटन


फागुन १९, सल्यान । 

सल्यानकाे बागचौर नगरपालिका वडा नम्बर २ को बागचौर बजारमा प्रहरी बिट उद्घाटन गरिएको छ ।

बागचौर बजारमा जनघनत्व बढ्दै गएको र सरकारी तथा ग्रैह सरकारी कार्यालयहरुको संङ्ख्यामा वृद्धि हुँदै गए पछि उक्त क्षेत्रको शान्ती सुरक्षालाई मध्यनजर गर्दै अाज प्रहरी बिट स्थापना गरिएको हो ।

बागचौर नगरपालिकाको विशेष पहलमा निर्माण गरिएको उक्त प्रहरी बिट उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख लोकमान बुढाथोकीले एउटा सचेत नागरिक बिना ब्रदिको प्रहरी भएको बताए । उनले  प्रहरी बिट निर्माणले बागचौर बजारको शान्ती सुरक्षा लाई पार्दर्शी रुपले कायम राख्ने अपराधीक क्रियाकलाप लाई न्यूनीकरण गर्ने बिश्वास दिलाएका छन् । समाजमा हुने सबै खाले बिकृति, बिसंगति न्यूनीकरण गर्न प्रहरीलाई साथ दिन बजार बासिलाई समेत बुढाथोकीले अनुरोध गरेका छन् ।

र्इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी साहयक निरीक्षक रतन शर्माको नेतित्वमा दैनीक चार जना प्रहरी उक्त बिट्मा खटाइएको छ भने, उक्त प्रहरी बिट्लाई सल्यानी युवा सन्जाल बागचौर नगरपालिकाले २ सेट फलामे बेन्च सौजन्य गरेको छ।

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार