• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको १० औँ जिल्ला अधिबेसन उद्घाटन


फागुन १९, राेल्पा । 
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नन्दराम देबकोटाले हिजो भुमिगत अबस्थामा शिक्षकहरुले राजनीति गरेको स्मरण गर्दै अहिले अबस्था बदलिएको बताएका छन् । उनले समय बदलिएको अबस्थामा शिक्षकहरु झोला बोकेर राजनीतिक दलहरु भन्दा अग्रभागमा रहेको र अब त्यस्तो श्रृजनाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार राेल्पाकाे लिबाङमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति रोल्पाको १० औँ जिल्ला अधिबेसनको उद्घाटन सत्रमा प्रमुख अथितिकाे रुपमा बोल्दै केन्द्रिय सदस्य देबकोटाले शिक्षक स्वभाबिक रुपमा सचेत र भुईतह सम्म पहुच भएको समुदाय भएको बताए । शिक्षण पेशा कस्तो बनाउदा देशको भबिस्य राम्रो हुन्छ भन्ने आकलन गरेर नेपालको शिक्षामा सुधार ल्याउन शिक्षकहरुको महत्वपुर्ण भुमिका भएकाले, शिक्षा प्राणली ब्यबस्थीत बैज्ञानकि र प्राबिधिक बनाउनुपर्नेमा जोड दिए । देबकोटाले बदलिदो सन्दर्भमा शिक्षक प्रजातन्त्रकको लागि संगठित भएर राजनैतिक दल संग निकटता जोडिएता पनि अब नेपाल राष्ट्रिय शिक्षक संगठनबाट टुक्रिएर बनेका बिभिन्न, शिक्षक संग संगठनहरु मुल घर नेपाल राष्ट्रिय शिक्षक संगठनमा आउन आग्रह गरे ।

नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको १० अाैँ जिल्ला अधिबेसनले नयाँ नेतृत्व चयन गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष जीबन खनालले जानकारी दिए । संगठनको उद्घाटन सत्रमा नेकपा एमाले रोल्पाका सचिवालाय सदस्य मानसिह डाँगी, नेपाल शिक्षक महासंघका सहअध्यक्ष गणेस घर्ती, नेपाल शिक्षक संघका भगवती मल्ल, एकिकृत अखिल नेपाल शिक्षक संठनका मुधुसुधन पोखरेल, अखिल नेपाल शिक्षक संघका भुप बहादुुर केसी, नेपाल पत्रकार महांसघ जिल्ला शाखा रोल्पाका सचिब तथा प्रेस चौतारी रोल्पाका अध्यक्ष जीवन डाँगी, जिल्ला युवा समिति रोल्पाका अध्यक्ष ठाकुर प्रसाद वलीले १० आैँ अधिबेसन सफलताको सुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार