फागुण १९, सल्यान ।
कर्णाली प्रदेशले समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत ‘सडक सुरक्षा कार्यक्रम’ आज विधिवत् शुभारम्भ गरेको छ ।
सल्यानमा श्रीनगरमा पनि कार्यक्रम गरिएको छ । श्रीनगर स्थित उद्योग वाणिज्य संघको हलमा समृद्दिका लागी सुरक्षा अभियान कार्यक्रम शुरु गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समितका प्रमुख केश बहादुर विष्टको प्रमुख अतिथीता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख हरिप्रकाश बुढाथोकी, स्थानिय निकायका जनप्रतिनिधीहरु जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका कार्यालय प्रमुख, उद्योगी, पत्रकार, राजनैतिक दल, ट्राफिक प्रहरी, स्थानिय सरोकारवालाहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा १ सय ५० जनाको सहभागिता रहेको थियो ।
याे पढ्न छुटाउनु भयाे कि ?
कर्णाली प्रदेशमा सडक सुरक्षा कार्यक्रम, यस्ताे भन्छन् मुख्यमन्त्री शाही
फागुन १९, सुर्खेत ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णाली प्रदेशको सडक दुर्घटनालाई न्यूनिकरण गर्नका लागि ‘सडक सुरक्षा कार्यक्रम’ सुरु गरेको छ ।
शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘सडक सुरक्षा कार्यक्रम’ को उद्घाटन गरेका हुन् । शनिबार प्रदेशका १० जिल्लामा रहेका २ सय १५ प्रहरी इकाईबाट ‘सडक सुरक्षा कार्यक्रम’ एकै साथ सुरु भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेशका सडक आवतजावत सरल, सुगम र नियमित गर्ने, सवारी चालकलाई ट्राफिक नियमको पालना गराउने, सडक प्रयोगकर्ताहरुमा सुरक्षित व्यवहार अपनाउन र सडक सुरक्षा सम्बन्धी जनचेतना र शिक्षामुलक गतिविधि सञ्चालन गर्ने उद्देश्यका साथ कार्यक्रमको सुरु गरिएको हो । हरेक स्थानीय तहका गाउँगाउँमा सडक सुरक्षा सम्बन्धी शिक्षा दिने बताइएको छ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा शान्ति सुरक्षाको ग्यारेन्टी भए मात्र अरु काम गर्न सकिने भन्दै सबैभन्दा पहिला नागरिकहरुमा सुरक्षाको महसुश गराउन जरुरी रहेको बताए ।
अपराधिक क्रियाकलापहरुलाई न्यूनिकरण गर्न र सुरक्षालाई बलियो बनाउन जनताको महत्वपूर्ण भूमिका हुने भन्दै उनले नागरिकलाई सहकार्य गर्न पनि अपिल गरेका छन ।