दुर्गा वि.सी.
फागुण १९, सल्यान ।
सल्यानको पश्चिम क्षेत्र बन्गाडकुपिण्डे नगरपालीकाको देवस्थलमा आँखाका बिरामीहरुको लागि २ दिनसम्म शिविर बस्ने भएको छ ।
फाल्गुण २२ र २३ गते हुने शिवीरको नेपाल नेत्रज्योती संघ, राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर दाङ्गको प्राविधीक सहयोग र नगरपालीकाको आर्थिक सहयोग हुनेछ । देवस्थलमा सञ्चालन हुने शिवीरमा मोतीविन्दु तथा आँखाका रोगिहरुले उपचार गर्न सक्ने जनाइएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा सल्लीवजारको व्यवस्थापनमा हुने आँखाको शिवीरमा आँखाको अप्रेशन हुने विरामीले खाना, बास बस्न र चश्माको व्यवस्था आफैले मिलाउनुपर्नेछ । शिवीरमा सवैलाई मौकाको फाईदा उठाउन रेडक्रस उपशाखा सल्लीका सभापति पुष्कर वि.सीले जनाकारी दिएका छन ।