• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

प्रचण्डले भने- जनयुद्ध नगरेको भए यो ठाउँमा आइपुग्ने थिएनौं, एमालेकाे ‘जबज’बारे यस्ताे भने


फागुन १९, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जनयुद्ध नगरेको भए अाफु यो ठाउँमा आइपुग्ने बताएका छन् । शनिबार नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा सहभागीहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुुन् ।

प्रचण्डले जबज (जनताको बहुदलीय जनवाद) नभएको भएपनि माओवादीको रक्षा सम्भव नभएको बताएका छन्। उनले भने, ‘यदि, मदन भण्डारीले जनताको बहुदलीय जनवाद आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव थिएन। उनले एमाले र माओवादी इतिहासमा सधैं एक अर्काका पूरक भएर आएको बताए।

आफूहरु बीच परिपूरकको भूमिका रहेकाले नै नेपालमा कम्युनिस्टको रक्षा भएको प्रचण्डले बताए।

‘अब हामीले मिलेर समाजवादको रक्षा गर्नुपर्छ’, उनले भने, ‘विकास र समृद्धिको लक्ष्य पूरा गर्नुपर्छ।’

प्रचण्डले एमाले र माओवादीबीच विचित्रको तालमेल रहेको पनि बताए। ‘चाहेर वा नचाहेर पनि हामी एकअर्का परिपूरक भएरै यहाँसम्म आइपुगेका हौं’, उनले भने। प्रचण्डले आफूहरुको संघर्षले नै गणतन्त्र र संघीयता आएको बताए।

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार