• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

राेल्पामा निशुल्क सिप तालिम जारीः सिप सिक्दा दिलमायाकाे जिवन फेरियाे


मनिषा राई
फागुन २०, रोल्पा ।
घरेलु तथा साना उधोग बिकास समिति रोल्पाको आयोजना तथा घरेलु तथा साना उधोग बिकास समिति शाखा कार्यलय माडी गाउपालिकाको सहयोगमा सन्चालित एक महिने अल्लो धागो प्रसोधन तथा कटाई तालिमको आज छैटौ दिन पनि तालिम जारी छ ।

करिव २ लाख वरावरको आर्थिक सहयोगमा सन्चालित तामिमा बिशेष गरी एकल महिला त्यसमाथि पनि व्यवसायी गर्न चाहनेहरुको लागि लक्षित गरी प्रत्येक वडापालिकाबाट २ जना गरी १० जनाको सहभागिता रहेको तालिममा अल्लो धागो प्रशोधन तथा कटाई संगै बुनाई पनि निरन्तरता दिइएको घरेलु तथा साना उधोग बिकास समिति शाखा कार्यलय माडीगाउपालिक २ का प्रमुख प्रशिक्षक हरिसरा घर्तीमगरले बताइन् ।

उनका अनुसार निशुल्क रुपमा प्रदान गरीएको तालिममा १ महिनाभित्र सहभागिहरुलाई कटाई संगै स्थानिय उत्पादनमा तयार पारिने कोट, झोला लगायतको सामाग्रीहरु बुनाई सम्बन्धि तालिम समेत दिइनेछ । उनले प्रत्येक वडा वडामा उधोग स्थापना गरी दुरुपयोग भएका अल्लोलाई सदुपयोग गर्ने उदेश्यले तालिमको सन्चालन गरीएको जानकारी दिइन् । साथै उनले सहभागिहरुको लगनशिलताको आधारमा सिकेको सिपलाई खेर जान नदिनेमा आशाबादी रहेको बताइन् ।

त्यसैगरी तालिममा सहभागि मध्ये माडी गाउपालिका ३ तालावाङ निवासी दिलमाया घर्तीमगरले यस्ता खालका तालिमहरुको निरन्तरता हुनुपर्ने बताइन् । करिव ५ बर्ष पहिले श्रीमान गुमाएकी दिलमायाले यस भन्दा अगाडि धेरै पैसा खर्च गरेर सिलाई कटाई तालिम लिएकी थिइन् । सिलाई कटाई तालिम पश्चात आफनो सिपलाई व्यवसायकै रुपमा अगाडि बढाएकी दिलमायाले अहिले किराना पसललाई पनि संगसंगै अगाडि बढाएकी छन् ।

आफनो व्यवसायाट नै ७ बर्षिय छोरीको पालन पोषण गरेकी दिलमाया भन्छिन् “आफुमा सिप भएपछि जस्तोसुकै परिस्थिति संग पनि जुध्न सकिन्छ । मैले सिलाई कटाई बाट नै छोरीलाई पढाएको छु र म आफनो व्यवसायबाट एकदम सन्तुष्ट पनि छु ।”

घरायसी काम भनेको सबै बुहारीको ठेक्का नै हो भन्ने समाजमा घरपरिवारबाट तालिम सिक्नुहुदैन भन्दा भन्दै पनि एकोहोरो जिद्धिले सिकेको सिपले आज आफुलाई छोरीको पालन पोषणमा सहज भएको उनले बताइन् । उनी भन्छिन् “सिलाई कटाई सिप नसिकेको भए सायद आज मेरो कुन हालत हुन्थ्यो होला । जुनसुकै काम पनि गरेपछि असम्भव भन्ने केही छैन ।”

धेरै नपढेपनि सिप सिकेर पछिका दिनहरुमा आफु जस्तै एकल महिलाहरुलाई तालिम दिन सकियोस भन्ने उदेश्यले नै तालिममा सहभागिता जनाएको दिलमायाले बताइन् । साथै उहाले निशुल्क रुपमा सन्चालित तालिमले आफुहरुलाई आर्थिक रुपमा पनि फाइदा पुगेको बताउदै उनले आयोजकलाई समेत धन्यबाद दिइन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार