• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

चैत ३ गते दाङमा जनप्रतिनिधिसँग अन्तरक्रिया हुने, सवाल यस्तो छ


फागुन २०, दाङ ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले २०७४ चैत ३ गते जनप्रतिनिधिहरुसग मानव अधिकारको सवालमा अन्तरक्रिया गर्ने भएको छ ।

शान्ति समाज दाङ शाखाको बैठकले प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, मेयर उपमेयर, गाँउपालिकाका अध्यक्ष लगायतसँग मानव अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको शाखा सभापति सुरेश हमालले जानकारी दिए । राप्ती शान्ति उद्यान तुलसीपुरमा आयोजना गरिने अन्तरक्रिया कार्यक्रम सगै वनभोज कार्यक्रम समेत गरिने हमालले जानकारी दिए ।

सोही कार्यक्रममा शान्ति समाजका २६ जना नयाँ आजीवन सदस्यहरुको केन्द्रिय कार्यालयबाट प्राप्त प्रमाण पत्र बितरण गरिने छ ।

शाखा सभापति सुरेश हमालको सभापतित्वमा सम्पन्न बैठकमा केन्द्रिय सचिव सुशील बस्नेत, केन्द्रिय बिभागीय संयोजकहरु मोहनप्रसाद धिताल, निर्मल नेपाली र सुरेश श्रेष्ठको उपस्थिति थियो । सहजीकरण सचिव शरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार