• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सुरु भयाे रेशम चौधरीकाे जेलभित्रै अनशन


फागुन २०, धनगढी ।

टीकापुरको घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना आइतबार साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए।

अनशनमा बसेका सबै बन्दी टीकापुर काण्डका आरोपित हुन्। उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखी अनशनमा बसेको प्रवक्ता बोहराले बताए।

घटना भएको झण्डै ३० महिनापछि यही फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित (आत्मसमर्पण) गरेका टीकापुरकाण्डका मुख्य आरोपी चौधरी घटनालगत्तै फरार रहेका थिए।

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार