फागुन २०, काठमाडौं ।
प्रहरीले फरार अभियुक्तको सूचीमा राखेका नेकपा एमालेका सांसद तथा नेपाल प्रहरीका पूर्व डिआईजी नवराज लिलवाल सांसदको सपथ लिन आइतवार संसद भवन पुगेका छन् ।
सिलवाल एमाले वरिष्ठ नेता माधव नेपालको गाडी चढेर संसद भवन पुगेका हुन् । आइतवार अपराह्न ४ बजे हुने शपथ ग्रहण समारोहमा सहभागी हुन सिलवाल ३ः१५ बजेतिर संसद भवन पुगेका थिए ।
सिलवालमाथि नेपाल प्रहरीको महानीरिक्षक (आईजीपि) बढुवा प्रकणरमा सरकारी कागजात किर्ते गरेको अभियोग छ । सरकारले नै सिलवालविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालमाथि छानविन गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।