• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

कांग्रेसमा संसदीय दलको नेता बन्न दाङका डिल्ली चौधरीकाे उम्मेद्वारी


फागुन २०, दाङ । 

पुर्व श्रमराज्य मन्त्री तथा दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा १ बाट प्रदेश सांसद बनेका नेपाली काँग्रेसका नेता डिल्ली चौधरी लगाएत ५ जनाले  प्रदेश नम्बर ५ मा कांग्रेसको संसदीय दलको नेता बन्न उम्मेद्वारी दर्ता गराएका छन् । यस प्रदेशमा  काँग्रेसले १९ सांसद प्राप्त गरेकाे थियाे । उम्मेद्वारी गराउने अन्य चार जनाहरुमा बलदेव शर्मा पोखरेल र फकरुद्धिन खां (रूपन्देही), बीरबहादुर राना (पाल्पा) र बीरेन्द्र कनोडीया (कपिलवस्तु) रहेका छन् ।

सहमतिमा संसदीय दलको नेता चयन गर्ने प्रयास असफल भएपछि आउँदो २६ गते निर्वाचन हुँदैछ ।
दलको नेता आफूलाई बनाउने उनीहरू सांसददेखि केन्द्रीय नेताहरूसँग दौडधुप सुरू गरेका छन् । प्रदेशसभा बैठक फागुन २७ गतेका लागि तोकिएको छ ।

आउँदो शनिबार ११ बजे निर्वाचन हुनेछ । कांग्रेसले ५ नम्वर प्रदेशको संसदीय नेता चयन गर्न केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँडलाई खटाएको छ । प्रदेश नम्बर ५ मा कूल ८७ सांसद रहेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार