• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

पेट्रोलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यदर


फागुन २१, काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगम संचालक समितिले आइतबार साँझ पेट्रोलको मूल्य १ रुपैयाँले घटाएको हो।

स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ। यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ।

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार