• २०७७ मङ्सिर २० गते शनिवार
  • Preeti To Unicode

दाङमा एकाबिहानै नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु


फागुन २१, दाङ ।

दाङमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

अाज बिहान करिब ४ बजेतिर लमही नगरपालिका वडा न १ को सुनडबरीमा घाइते अबस्थामा नाम थर नखुलेका अन्दाजी ५२/५३ बर्षीय एक पुरुष फेला परेको प्रहरीले जनाएको छ ।

घाइते अबस्थामा रहेका उनलाई उपचारका लागि लमही अस्पतालमा ल्याइएको र उपचारको क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

मृतकको शब लमही अस्पतालमा राखिएको र आफन्त पत्ता लगाउने काम भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार