फागुन २१, दाङमा
दाङमा माछा मार्न खाेज्दा वम विस्फाेट भएर एकजना जनप्रतिनिधिका दुबै हातका पञ्जा गुमेका छन् ।
बारुद बलाष्ट गराएर बबई गाउँपालिका वडा नं. १ का वडा सदस्य ३५ बर्षीय कमल घर्तीले आइतवार दिउँसो स्थानीय बबई नदीमा माछा मार्ने खोज्दा त्यो विष्फोट हुँदा उनका दुबै हातका पञ्जा चुडिएका छन् । त्यस्तै विष्फोटवाट उनकाे घर्तीमा गम्भीर घाउ लागेको र्इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रयाग नारायण चौधरीले जानकारी दिएका छन् ।
उनि नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन । बारुद बलाष्ट हुँदा वडा सदस्य घर्ती गम्भीर घाइते भएको खबर आएपछि आफुहरु आइतवार बेलुका ६ बजे बबई नदीको भालुखोलास्थित घटनास्थल पुगेर घर्तीको उद्धार गरि राप्ती अञ्चल अस्पताल तुलसीपुर उपचारका लागि पठाएको ईप्रका हापुरेका सैइ चौधरीले बताए ।
घाइते वडा सदस्य घर्तीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङको प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै नेपालगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ । वडा सदस्य घर्तीले माछा मार्न खोजेको बबई गाउँपालिका वडा नं. १ को क्षेत्र बाँके निकुञ्ज क्षेत्रमा पर्दछ । त्यहाँ माछा मार्न पाइदैन ।