इन्द्र ब. बुढाथोकी
फागुन २१, सल्यान ।
पश्विम सल्यानकाे सडक खण्डमा ट्रक पल्टीएकाे छ ।
सल्यानकाे भुभागमा पर्ने छिन्चु-जाजरकोट सडक खण्ड अन्तर्गत जिल्लाकाे बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ११ को सिस्नेपातल नजिकै अाज बिहान ७ बजेतिर भएकाे दुर्घटना एक जना सामान्य घार्इते भएका छन् । घार्इते हुनेमा ट्रक चालक बलराम सापकोटा रहेकाे प्रहरीले बताएकाे छ । उनकाे टाउकोमा चोटलागेकाे छ ।
नारायणगढ बाट चौरजहारीको लागि छुटेको ना २ ख ८३१५ नम्बरको ट्रक सडकमै पल्टीदा याे समाचार तयार पर्दा सम्म सडक पुर्ण रुपमा बन्द भएकाे छ । ट्रकको ब्रेक फेल भएर दुर्घटना भएकाे ईलाका प्रहरी कार्यालय बालुवा सङ्ह्रीले जानाएकाे छ ।
ट्रक सडकमा पल्टीएर सडक अबरुद्व हुदा लामो तथा छोटो दुरीका सवारी साधनलाई आवतजावत गर्ने समस्या भएको छ ।