• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, प्रकाशमानले थाेरै मत ल्याए


फागुन २१, काठमाण्डौ ।

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।

केहीबेरअघि सम्पन्न निर्वाचको मतरिणामअनुसार देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाएका छन् ।

६३ जना सासंद रहेकोमा दलको नेता चयन हुनका लागि ३२ मतको आवश्यकता थियो । जसमा देउवाले ४४ मत पाए ।

प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् ।

नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान भएको थियो।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन। सबै सांसदले मतदान गरेक थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार