चाइनिज कण्डमले यस्ताे भयाे हैरान, कारण अचम्मको छ


फागुन २१, काठमाण्डाैँ । 

चाइनिज सामान विश्वको कुना–कुनामा बिक्छ । तर, विश्वभरीका मानिसहरुलाई चाइनिज सामानबाट समस्या उत्पन्न हुन्छ । जिम्बावे सरकारको स्वास्थ्य मन्त्रालयले एक चाइनिज कम्पनीको उत्पादनले समस्या छ । कारण अचम्मको छ तर समस्या गम्भीर छ ।

जिम्बावेको स्वास्थ्य मन्त्रीले भनेका छन् कि चाइनिज कण्डम जिम्बाबेका पुरुषहरुको लागि धेरै सानो छ । जसका कारण सरकारले औपचारीक रुपबाट यसको गुनासो गर्नु परेको छ ।

हुन सक्छ पहिलो पटक यो खबर सुनेर तपाईहरु हाँस्नु भयो होला । तर अफ्रिकी देशहरुमा एचआइभी ठूलो समस्या छ । यसकारण कण्डम सहि नहुनु देशको स्वास्थ्य विभाकोलागि चिन्ताको विषय हो ।
रिपोर्टका अनुसार जिम्बाब्बेको राजधानी हरारेमा भएको एक एचआइभी रोकथाम इभेन्टमा त्यहाँको स्वास्थ्य मन्त्री डेवीड परिरेन्यावाटाले यो भनेको हुन । उनले भने कि कण्डमलाई लिएर ‘वन साइज फिट फर अल’को कन्सेप्ट हो तर जिम्बाब्बेका पुरुष प्राय कण्डम सानो हुनुको कारण बताएर प्रयोग गर्न सक्दैनन ।

ध्यान दिने कुरा यो छ कि जिम्बाब्बेमा १३ लाख मानिस एचआइभीबाट संक्रमित छन् ।

यस्तो खबरपछि कण्डम निर्माताहरुले यो गम्भीर मुद्धा भएको भन्दै नयाँ साइजका साथ नयाँ उत्पादन गर्ने बताएका छन् ।

उसो त जिम्बाबे बाहेक घाना र अन्य अफ्रिकी देशमा पनि चाइनिज कण्डमको साइजबारे गुनासो आएको छ ।-एजेन्सी

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार