फागुन २१, काठमाडौं ।
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुखानी शहीदले देखाएको बाटो कहिल्यै नभुल्ने बताएका छन् । हरेक वर्ष मनाउने सुखानी दिवसकाे अवसरमा प्रधानमन्त्रीले यस्ताे बताएका हुन् । उनले यसपटक सुखानी दिवसलाई पृथक ढंगले पनि सम्झिएका छन् ।
सुखानी दिवसकै दिन पारेर संघीय संसदको पहिलो बैठक आह्वान गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले सुखानी दिवसकै अवसर पारेर संसद अधिवेशन बोलाएको सुखानीसँग एमालेको भावना गाँसिएको ओलीसहितका नेताले २०२८ सालमा झापा क्रान्तिबाट नेपालमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन थालेका थिए ।
२०२९ साल फागुन २१ गते तत्कालिन झापाली कम्युनिस्ट क्रान्तिकारीहरुलाई पञ्चायती शासकले जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरेका थिए ।
सुखानी दिवसकै अवसरमा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुखानीका शहीदले देखाएको बाटो कहिल्यै नभुल्ने बताए ।