• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

जेलमा रहेका ढुंगेल लाई रिहाई गर्न गृहमन्त्री बादलले थाले यस्ताे पहल


फागुन २१, काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापा बादलले जेलमा रहेका पूर्व सभासद बालकृष्ण ढुंगेललाई रिहाई गर्न पहल थालेका छन् ।

केही महिनादेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएको एक द्धन्द्धकालीन मुद्दामाथि सर्वोच्चले गरेको फैसलापछि उनी जेलमा छन् ।

ढुंगेलको रिहाईका लागि माओवादी नेता तथा गृहमन्त्री बादलले अनौपचारिक रुपमा पहल थालेको बुझिएको छ । गृहमन्त्रालय स्रोतले भन्यो, ‘ढुंगेललाई कसरी रिहाई गर्न सकिन्छ, भन्ने विषयमा मन्त्रीज्युले छलफल थाल्नुभएको छ, अब उहाँको रिहाईका निम्ति उहाँले आफ्नो ढंगबाट काम थालिसक्नुभयो ।’

स्रोतका अनुसार गृहमन्त्री बादलले गृहसचिव र नेपाल प्रहरीका महानिरिक्षकसँग ढुंगेलको रिहाईका लागि छलफल गरेका छन् । बादलले आफ्नो ढंगबाट रिहाईका लागि पहल थालेको विषय ढुंगेलले समेत थाहा पाइसकेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार