फागुन २१, सल्यान ।
अाज नेकपा एमालेले देशका विभिन्न जिल्लाहरुमा सुखानी सहिद दिवस मनाइएकाे छ ।
तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते झापा आन्दोलनका नेताहरू रामनाथ ढकाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सीमानामा पर्ने सुखानी जंगलमा हत्या गरेको सम्झनामा एमालेले हरेक वर्ष सहिद स्मृति दिवस मनाउँदै आएको छ ।
यसैदिन अाज बागचौर नगरपालिकाकामा पनि एक कार्यक्रमका बिच सुखानी सहिद दिवस मनाइएकाे छ । बागचाैर नगरपालीकाका प्रथम सहिद हेमराज केसि, खिमबहादुर डिसी र धनबहादुर थापा लगाएत ५० जना सहिद तथा बेपत्ता योद्धाका परिवारलाई प्रमाणपत्र, एक एक थान बलाङकेट र टीका तथा मालाले सम्मान गरिएको हाे। केसी, डिसी र थापालार्इ एकैदिन तत्कालीन राज्य पक्षले गाेली हानेर मारेकाे थियाे ।
कार्यक्रममा बाेल्दै बागचाैर नगरप्रमुख लाेकमान बुढाथाेकीले दश वार्षिया जनयुद्ध तथा १९ दिने जना आन्दोलनका सहिद हरुले देखाएको बाटो आफुले कहिले नभुल्ले बताएका छन् । उनले भने-“हिजोका सहयात्रीका आफन्तहरुलाई सहिद तथा बेपत्ता परिवारको नाताले सम्मान गर्दै गर्दा कतै सहिद तथा बेपत्ताहरुका सपना पूरा गर्न सकिदैनकि भनेर आफुलाई डर समेत लागेको छ ।” बुढाथोकीले आफ्नो कार्यकालमा बागचौर नगरपालिका भित्रका शहिद तथा बेपत्ता परिवारलाइ विशेष तरिकले हेर्ने बताएका छन् ।
कार्यक्रमका अतिथि इलाका प्रशासन कार्यालय बागचौरका शाखा अधिकृत नारायण प्रशाद शर्माले बागचौर नगरपालिकाले शहिद, बेपत्ता परिवारको सम्मान गरेर नयाँ कार्यको सुरुवात गरेको बताएका छन् ।शर्माले उक्त कार्यक्रमले सहिद तथा बेपत्ता परिवारका आफन्तको आत्मीयता लाई नजिक र प्रगाढ गराउने समेत बताए ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना पुनले स्वागत मन्तव्य दिएकी थिइन् ।