• २०७९ चैत्र १२ गते आइतवार
  • Preeti To Unicode

सल्यानकाे झिम्पेमा सहिद गेट उद्घाटन


फागुन २१, सल्यान । 

सल्यानकाे छत्रेश्वरी गाउँपालीकामा रहेकाे झिम्पेमा अाज सहिद गेट उद्घाटन गरिएकाे छ ।

फागुन १४ गतेदेखि २१ सम्म चलेकाे सहिद सप्ताहकाे समाराेमा अाज उक्त गेट एक कार्यक्रमका बिच उद्घाटन गरिएकाे हाे ।साविककाे झिम्पे गाविसमा ११ जना सहिदहरुकाे सम्झनामा गेट निर्माण गरिएकाे थियाे ।

सहित परिवार समाज झिम्पेकाे अायाेजनामा भएकाे उद्घाटण कार्यक्रममा सहितका परिवारलार्इ दाेसल्ला अाेडाएर सम्मान गरिएकाे छ ।

कार्यक्रममा प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टी सल्यानका सेक्रेटरी लाेक्पाल केसी ‘महेन्द्र’ काे रहेकाे थियाे भने  विशिष्ठ अथिती नेकपाकै तेज बहादुर खड्काकाे रहेकाे थियाे । त्यस्तै अथितीहरुमा एमालेका एरिया इन्चार्ज ज्ञान बहादुर खड्का, नेकपा माअाेवादी केन्द्रका धुर्व राज भण्डारी लागाएतकाे उपस्थिती रहेकाे थियाे । 

डम्बर बहादुर खड्काकाे सभाअध्यक्ष र खिब बहादुर खड्काकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन जित बहादुर भण्डारीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार