• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

अाेली सरकारलाई देउवाकाे कडा चेतावनीः ‘हनिमुन’ मनाउन दिने अवस्था रहेन


फागुन २१, काठमाडौं ।

काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकरमाथि विपक्षी कडा हुने संकेत दिएका छन् ।

पार्टी संसदीय दलको नेता चयन भएपछि आज देउवाले बैठक बोलाएका थिए । उक्त बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले ओली नेतृत्वको सरकारका गतिविधि राम्रो नभएको टिप्पणी गरे । उनले सरकारलाई शंकाको लाभ दिने अवस्था नरहेको पनि स्पष्ट गरेका छन् ।

‘सरकारको एक सय दिनलाई हनिमुन पिरियडको रूपमा लिएर शंकाको लाभ दिने समय हो । तर, ओली सरकारका गतिविधि शंकाको लाभ दिने अवस्थाका देखिएनन् । प्रतिपक्षको हैसियतले काँग्रेसले यस्ता गतिविधिको कडा प्रतिवाद गर्छ’ बैठकपछि नेता देउवाले भने ।

आफ्नो नेतृत्वको सरकारका निर्णय ओली नेतृत्वको सरकारले उल्टाउन थालेपछि काँग्रेस रुष्ट छ ।

यसअघि कांग्रेसले बामगठबन्धनको सरकारमाथि दवाव बनाउन ‘छाया सरकार’ बनाउने बताइसकेको छ ।

यसैवीच आज बसेको काँग्रेस संसदीय दलको बैठकले दलको उप नेतामा विजयकुमार गच्छदारलाई चयन गरेको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार