• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

जनताले रोजेका लालबाबु ? अरु मन्त्रीहरुले पनि लालबाबुकै सिको गर्न जरुरी छ


लेखकः जीवन डाँगी
फानुन २१, रोल्पा ।

एमाले माओबादी बिचको गठबन्धनले, चुनाबी परिणम सकारात्मक भएपछि एमाले अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेकै दिन देखि प्रधानमन्त्री ओलीलाई बिभिन्न कोणबाट टिका टिप्पनी सुरु पनि भए । ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्ती भए । उनी यसअघि प्रधानमन्त्री भएकै कारण पनि यसपटक सहजै बाटो खुलेको हो ।

पहिलो कार्यकालमा सबै भन्दा धेरै उपप्रधानमन्त्री बनाएर काम गरेका ओलीले भने यो पटक सबैलाई अचम्म पारे । यसपटकको मन्त्री परिषदमा कोहि पनि उपप्रधानमन्त्री छैनन् । उपप्रधानमन्त्री मात्रै होईन अहिलेको सरकारमा १७ जना मात्रै मन्त्रीहरु पनि छन । यसले राज्यको आर्थिक भार समेत धेरै कम गरेको छ ।

प्रधानमन्त्री ओली नियुक्ती भएकै दिन मन्त्री को को बन्छन, थाहा नै थिएन । ओली संगै दुई मन्त्री पनि थपिए । को को बन्लान् चासो थियो । मन्त्री परिषदमा पुर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि अटाएको हल्ला आयो । कसैले कल्पना पनि गरेका थिएनन् । लोकप्रिय नेता लालबाबु पण्डित यसपटक मन्त्री बन्लान् भनेर । पण्डितले मन्त्रीको सपथ खाए संगै प्रधानमन्त्री केपि शर्मा ओलीको पनि देशैभरी सकारात्मक सन्देश फैलियो । स्वभाबै रुपमा देशबासी खुसी हुने दिन थियो । जनताले चाहेका जननेता लालबाबु मन्त्री हुदा, देश र जनताका धेरै अपेक्षा छन । उनी बोलीमा मात्रै होईन, काममा पनि उतिकै कडिकडाईका साथ अघि बढ्छन ।

हामीले बिभिन्न नामका प्रधानमन्त्री, मन्त्री, सांसद नदेखेको पनि होईन तर ओली सरकारमा काम गर्नुपर्छ भन्ने मनसाय भएका भने पहिलो पटक नेपाली जनताले जनप्रतिनिधिहरु देख्दैछन । जनताले काम गर्ने प्रतिनिधि चाहेका छन । मन्त्री बन्न बितिकै भ्रष्टचार गर्ने, अकुत सम्पती कमाउने भन्दा पनि जनताकै हितका लागि दिनरात नभनी काम गर्ने लालबाबु जस्ता मन्त्री बन्नै पर्छ ।

हुनत कांग्रेस जस्तो पार्टीले पनि काम गर्ने सरकारको बिरोध गरिरहेको छ । यसको कुनै अर्थ त छैन । तर पनि काम गर्नेहरुको आलोचना गर्नुले उसको बिचार र बाटोको पनि प्रष्ट रुप देखाउछ । कांग्रेसले अहिले देशमा केहि गर्न सक्दछ भने यो आलोचनाको शब्दपात मात्रै हो । यसकारण पनि अहिलेको सरकारले गर्ने कामहरु धेरै छन । ओली सरकारबाट लाखौ युबा, महिला लगायत कति हो कति अपेक्षा गरेका छन ।

ओली सरकारमा सहभागी मन्त्रीहरुले लालबाबुकै तरिका सिको गर्न जरुरी छ । लालबाबु मास्टर प्लानका साथ अघि मैदानमा उत्रिएको देखिन्छ । अरु मन्त्रीहरुले पनि यस्तो प्रकारको योजना बनाएर काम गर्न आबस्यकता छ । जनताले तमाम अपेक्षा गरेको सरकारले काम गर्न सकेन भने नागरिकमा ठुलो निरासा आउने छ । त्यसकारण पनि काम गरेर देखाउनै पर्छ ।

लालबाबुको मन्त्रालय काम गर्ने किसिमको भएन भनेर आलोचना सुरु नभएको पनि होईन । तर टिप्पनी भएको दिन देखिनै मन्त्री पण्डित एक्सनमा उत्रिएपछि, देशैभरी पुनः पण्डितको उचाई माथी चुलियो । मन्त्री पण्डितको कार्यशैलीले के कुरा प्रष्ट हुन्छ भने, काम गर्ने ईच्छा भए जुन मन्त्रालय गएपनि हुदो रहेछ । जुन मन्त्रालयमा पनि सुधार गर्नुपर्ने पक्ष धेरै छन । त्यसकारण चुनाबताका पण्डितका प्रधिस्प्रद्धी शेखर कोईरालाले जननेता लालबाबुलाई चिनेनन् तर जनताले चिने । जनताले चिनेका उनलाई अहिले देश, बिदेशले चिनेर चर्चाको शिखरमा छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार