• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

नेपाल सँग भारत झुक्याेः सिमा मिचेर महाकालीमा पुल बनाएकाेबारे शिर झुकाउदै यस्ताे भन्याे


फागुन २१, दार्चुला ।

नेपालको सहमतिबिना महाकालीमा पुल बनाउनु आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ।

भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिबिना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो। महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति दिएपछि मात्रै सञ्चालन हुनेछन्। अबदेखि दुवैतर्फ केन्द्र सरकारको अनुमति लिएर मात्रै काठे पुलबाट आवागमन सञ्चालन गर्ने बैठकले निष्कर्ष निकालेको छ। नेपालको व्यास गाउँपालिका वडा नम्बर २ का विभिन्न ठाउँमा चार वटा काठेपुल नेपालको सहमतिविनै लगाएको थियो।

नेपाली भूमिमा बनाइएको बाटो केन्द्र सरकारको अनुमतिपछि मात्रै सञ्चालन गर्ने आजको बैठकमा सहमति भएको हो। भारतीय पक्षले व्यास – २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा चार पुल निर्माण गरेको थियो। साथै नेपाली भूमिमा डेढ किमी सडक र झन्डै दुई किमी गोरेटो बाटो समेत निर्माण गरिएको छ।

बैठकमा नेपालको बांगबगर पारि भारतको खोतिलाबाट खसेको पहिरो व्यवस्थापनका विषयमा समेत दुई देशका प्राविधिकको टोलीले अध्ययन गर्ने सहमति भएको नेपालका तर्फबाट बैठकमा सहभागी प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

बैठकमा सीमापार अपराध नियन्त्रण, नेपाल भारत जोड्ने प्रस्तावित झोलुङ्गे पुल, बांगबगर खोतिला पहिरो, व्यास क्षेत्रका बासिन्दाको आवतजावत, वन तथा वन्यजन्तुको ओसारपसार र चोरी निकासी नियन्त्रणका विषयमा छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। (रासस)

याे पनि पढ्नुहाेस्  नेपाली भूमि मिचेर बनाएको बाटो र पुललाई निरन्तरता दिन नेपाललार्इ भारतकाे दबाब (पत्रसहित)

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार