• २०७७ असोज १० गते शनिवार
  • Preeti To Unicode

सल्यानका तिनअाेटा विद्यालयमा डिजिटल प्रविधिकाे हाजिर जडान गरिदै


फागुन २२, सल्यान । 

सल्यानका तिनअाेटा विद्यालयहरुमा डिजिटल प्रविधिकाे हाजिर प्रयाेग गरिने भएकाे छ ।

जिल्लाकाे सिद्ध कुमाख गाउँपालीका वडा नम्बर ३ मा रहेका निराजन मावि ढाेरचाैर, बाल कल्यान अाधारभुत विद्यालय फलाँटे, हिमालय अाधारभुत विद्यालय डाँडाकटेरीमा डिजिटल प्रविधिकाे हाजिर लागु गर्ने निर्णय गरिएकाे हाे ।

साेमबार वडा नम्बर ३ का वडा अध्यक्ष शालिकराम बुढाथाेकीकाे अध्यक्षतामा सराेकारवालाहरुकाे संयुक्त रुपमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

डिजिटल प्रविधिकाे हाजिरकाे लागी अार्थिक सहयाेग दुवेरीचाैर सामुदायीक वन उपभाेक्ता समिति, समिले कुसम सामुदायीक वन उपभाेक्ता समिति, हलुगारे सामुदायीक वन उपभाेक्ता समितिले गर्ने निराजन माविका प्रधानध्यापक धर्मराघर्तीले जानकारी दिएका छन् ।

संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार