• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

एमाले उपाध्यक्ष वामदेवले भने- ‘एकतामा जबज छाड्न सकिँदैन’, प्रचण्डले यसरी स्वीकार गरे


फागुन २२, काठमाडौ 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूले जनताको बहुदलीय जनवाद (जबज) छाड्न नसक्ने बताएका छन्।

सोमबार शहीद यदुकुमार गौतमको १९ औँ स्मृतिसभामा गौतमले जबज संसारकै उत्कृष्ट विचारधारा भएको जिकिर गरेका हुन् । ‘माओवादी केन्द्रसँग एकता भए पनि म जबज छाड्न सक्दिनँ’ गौतमले भने, ‘अहिलेसम्म माओवादी केन्द्रसँगको एकताको आधार नै जबज हो।’ यदुको हत्या गरेर तत्कालीन माओवादीले गल्ती गरेको आरोप उनले लगाए।

२०५५ फागुन २१ गते रुकुममा तत्कालीन माओवादीले यदुको हत्या गरेका थिए। त्यतिबेला उनी एमाले जिल्ला सचिव थिए। कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गौतमको हत्या पार्टीको निर्देशनमा नभई स्थानीय स्तरबाट भएको बताए। उनले यदुको हत्यामा पार्टीले गल्ती स्वीकार गरिसकेको बताएका छन् ।

त्यस्तै केहि अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबज नभएको भएपनि माओवादीको रक्षा सम्भव नभएको भनेर स्वीकार गरेका थिए । । उनले भने, ‘यदि, मदन भण्डारीले जनताको बहुदलीय जनवाद आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव थिएन। उनले एमाले र माओवादी इतिहासमा सधैं एक अर्काका पूरक भएर आएको बताए। उनकाे याे संकेतले बुझिन्छ की माअाेवादीले ‘जबज’लार्इ स्वीकार गरेर एमाले सँग पार्टी एकता गर्छ ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार