लेकाली अनलाइन
फागुन २२, सल्यान ।
सल्यानकाे एक गाउँपालीकाले १५ दिन भित्र घरधनिहरुलार्इ घर भत्काउन समय दिएको हो । जिल्लाकाे कपुरकोट देखि धनवाङ गाँडापानि हुदै फालावाङ जोड्ने मोटरबाटो स्तर उन्नतीका लागी बजार क्षेत्रमा पर्ने घरहरु भत्काउनुपर्ने भएको हाे ।
सोमबार कपुरकोट गाउँपालिकामा सरोकारवालाहरुसंग भएको बैठकमा कपुरकोट–धनवाङ–गाँडापानी–फालावाङ मोटरबाटो निर्माण उपभोक्ता समितीले घरधनिहरुलाइ १५ दिन भित्र घर भत्काउन समय दिएको हो ।
सोमबार नै गाउँपालिकाको प्राविधिक टोलिले गाउँपालिकाको मापदण्ड अनुसार सडक स्तरउन्नती गर्नलाइ कपुरकोट बजारमा पर्ने घरको नापजाँच गरि घर भत्काउनका लागी रातो चिन्ह पनि लगाएको निर्माण उपभोक्ता समितीका अध्यक्ष मित्रलाल कठाएतले बताए । बैठकको प्रमुख अतीथीको रुपमा रहेका गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले समितीलाइ मापदण्ड अनुसार गुणस्तरिय काम गर्न निर्देशन दिएका छन् ।
मापदण्ड अनुसार ६ मिटर ७५ सेन्टीमिटर चौडाइको सडक निर्माण गर्नुपर्ने छ । त्यसमा बजार क्षेत्रको १५० मिटर सडकमा पक्की आरसीसी गरि १ मिटरको नाला निर्माण हुने छ । सडकको पश्चिम उत्तर साइडमा नाला निर्माण गर्ने निर्णय भएको उपभोक्ता समितीका सचिव रुपक बुढाले बताएका छन् ।
कपुरकोट देखि त्रिवेणि गाउँपालिकाको फालावाङ सम्म जोडिएको उक्त सडकमा सवारिसाधनको चाप बढ्न थालेपछि सडकको स्तरउन्नती गर्न लागीएको हो । यस सडकबाट १५ सय बढि घरधुरिले प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन् । योजनाको डिटेल सर्वे भइसकेकाले मंगलबार देखि नै स्तरउन्नतीको काम शुरु हुने निर्माण उपभोक्ता समितीले बताएको छ ।