• २०७८ मङ्सिर ११ गते शनिवार
  • Preeti To Unicode

दाङमा अागलागी हुदाँ लाखाैकाे धनमाल जलेर नष्ट


फागुन २२, दाङ ।

दाङमा अागलागी हुदाँ लाखाैकाे धनमाल जलेर नष्ट भएकाे छ ।

जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नं. २ स्थित लिला दमाईको घरमा सोमवार बेलुका ८ बजेतिर विद्युत सर्ट भएर आगलागी हुँदा ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ ।

विजुलीको तार सर्ट भइ फुसको छानोयुक्त दुई तले दमाईको घरमा आगोलागी भएको हाे ।

आगलागीवाट लत्ता कपडा, अन्तपात, धनमाल र केही नगद, गरगहना जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार