फागुन २२, दाङ ।
दाङमा अागलागी हुदाँ लाखाैकाे धनमाल जलेर नष्ट भएकाे छ ।
जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नं. २ स्थित लिला दमाईको घरमा सोमवार बेलुका ८ बजेतिर विद्युत सर्ट भएर आगलागी हुँदा ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ ।
विजुलीको तार सर्ट भइ फुसको छानोयुक्त दुई तले दमाईको घरमा आगोलागी भएको हाे ।
आगलागीवाट लत्ता कपडा, अन्तपात, धनमाल र केही नगद, गरगहना जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
संकेतिक फाेटाे फाइल