• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

यसरी बार्इबार्इ गर्दै पाकिस्तानी प्रधानमन्त्री स्वदेश फर्किए


फागुन २२, काठमाडाैं ।

दुई दिने नेपाल भ्रमण पूरा गरेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीले नेपाललार्इ बार्इबार्इ गर्दै स्वदेश फर्किएका छन् ।

अाज बिहान उनले अब्बासी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । साथै मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब्बासीलाई भेटेका थिए ।

अब्बासी सोमबार अपराहृन काठमाडौं आएका थिए । उनलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो भने साँझ प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता भएको थियो ।

अब्बासीलार्इ विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म पुगेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार