फागुन २२, काठमाडौ ।
काँग्रेसका सभापति शेरबहादुर देउवाले अाेली नेतृत्वको सरकारलाई बधाइ तथा सुभकामना दिएका छन् ।
मंगलबार संसद बैठकमा ठट्यौली शैलीमा प्रस्तुत भएका देउवाले प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य गर्दै बधार्इ दिएका हुन् । उनले अाफुले बनाएकाे चुनावले गर्दा केपी अाेलि प्रधानमन्त्री भएकाे भन्दै व्यंग्य गरेका हुन्।
सभामुख महन्थ ठाकुरले प्रतिपक्ष दलको नेताको हैसियतले आफ्नो धारणा राख्न समय दिएलगत्तै धारणा राख्न पोडियममा पुगेका देउवाले निर्वाचित सांसदहरुलाई बधाई दिए । त्यसपछि नयाँ सरकार र प्रधानमन्त्रीलाई बधाइ तथा सुभकामना दिने क्रममा देउवाले भने–”हुन त केपी ओलीजीले मलाई चुनाव नै गराउनुहुन्न भन्नुहुन्थ्यो तर अहिले मैले गराएकै चुनावबाट प्रधानमन्त्री बन्नु भएको छ ,उहाँलाई र उहाँको नेतृत्वको सरकारलाई बधाइ तथा सुभकामना” ।
त्यस्तै देउवाले आफू अघि बोलेका माधव नेपाललाई पनि व्यग्य गरे । रचनात्मक प्रतिपक्ष आवश्यक रहेको नेता नेपालले बताएका थिए । जवाफमा देउवाले भने ‘हामी राम्रो काम गर्नेलाई सहयोग गर्छो तर माधव नेपाल जीले हामीलाई अलि बढि नै फकाउने प्रयास गर्नभयो, त्यो उहाको बाध्यता होला ।’
देउवाले आफ्नो नेतृत्वको सरकारले निर्वाचन गराएर मुलुकलाई शान्ति र विकासको बाटोमा हिडाएको बताए । उनले तीनै चरणको निर्वाचन गराउनु चाचुने कुरा नभएको भन्दै चुनौतिपूर्ण काममा सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् ।
त्यस्तै देउवाले संविधानका आधारभुत कुरा परिवर्तन नगर्न आग्रह गरेका छन् उनलेले संविधानका आधरभूत मान्यता परिवर्तन गर्न खोजिए कांग्रेसलाई स्विकार्य नहुने बताएका हुन् । कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले संविधान संशोधनमा आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । वर्तमान सरकारले संविधान संशोधन प्रक्रियालाई अघि बढाउँदा आफूलाई खुशी लागेको उनको भनाई थियो ।
कांग्रेसले संशोधन गर्न खोज्दा नभएको भन्दै उनले वर्तमान सरकारले संविधान संशोधन अघि बढाउँदा खुशी लागेको बताए । ‘अबको मुख्य कार्यभार मुलुकको आर्थिक समृद्धी हो । समृद्धीका लागि सरकार गर्ने काममा हाम्रो सहयोग रहन्छ,’ उनले भने । सरकारका काम कांग्रेसले केही समय हेर्ने गुण र दोषका आधारमा भूमिका खेल्ने उनको भनाई थियो ।