• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

नेपालका पहाडी सडकमा सजिलै कुदाउन सकिने यस्ता छन् १० अाेटा मोटरसाइकल


फागुन २२, काठमाडौं ।

नेपालको अधिकांश भू–भाग पहाडले ढाकेको छ भने सडक कच्ची छन् । कच्ची सडकमा यात्रा गर्नु आफैंमा जोखिमपूर्ण हो । धेरैलाई पहाडको बाटोमा बाइक राइडिङ गर्ने सौख हुन्छ । यदि नेपालको पहाडी सडकमा मोटरसाइकल चलाउँदै हुनुहुन्छ भने यहाँ उल्लेख गरिएका १० मोटरसाइकल निकै उत्तम हुनेछ ।

हिरो एक्स पल्स

हिरोको यो एडभेन्चर मोटरसाइकल चाँडै लन्च हुँदैछ । २०० सीसीको यो मोटरसाइलको इन्जिन १८.४ पीएसको पावर र १७.१ न्युटनको टर्क जनेरेट हुनेछ । यसमा लामो ट्रेवल सस्पेन्शन र स्पोक विल्ज हुनेछ, जसले अफ रोडिङका लागि सहज बनाउनेछ । यो बाइक जस्तोसुकै जोखिमपूर्ण बाटोमा समेत गुड्न सक्छ ।

रोयल एनफिल्ड इन्टरसेप्टर ६५०

यो रोयल एनफिल्डको सबैभन्दा पावरफुल बाइक हुनेछ । जो चाँडै भारतीय बजारमा सार्वजनिक हुनेछ । यसमा ६५० सीसीको लिक्विड कुल्ड, ट्वीन सिलेन्डर इन्जिन हुनेछ । यो इन्जिन ४७ पिएसको पावर र ५२ न्युटन मिटरको टार्क जेनरेट हुनेछ । यो बाइकमा लामो दूरीसम्म सजिलै यात्रा गर्न सकिन्छ ।

बजाज डमिनर

बजाजको यो फ्लेङशिप बाइक हो । यसमा ड्युल च्यानल एबीएस दिइएको छ । यो बाइकको इन्जिनमा ३४.५ बीएचपीको पावर र ३५ न्युटन मिटरको पीक टर्क जेनरेट छ । डमिनरको नन एबीएस मोडलको मूल्य १.३६ लाख (भारू) पर्नेछ । यो बाइक पनि अफरोडमा यात्रा गर्न उपयुक्त हुनेछ ।

रोयल एनफिल्ड हिमालयन

रोयल एनफिल्डको यो मोडल भारतको सबैभन्दा सस्तो एडभेन्चर मोटरसाइकल हो । प्रविधिमा यो निकै एडभान्स छ । यसमा ४११ सीसीको ४ स्ट्रोक सिंगल सिलेन्डर इन्जिन लगाइएको छ । लामो ट्रेवल सस्पेन्शन, अपराइट राइडिङ पोजिसन, २२० एमएमको ग्राउण्ड क्लियरेन्स यसका विशेषता हुन् ।

महिन्द्रा मोजो युटी

यो मोडल महिन्द्रा टु ह्विलर्सको सबैभन्द सस्तो मोटरसाइकल हो । यसमा २९५ सीसीको सिंगल सिलेन्डर इन्जिन छ । २१ लिटरको फ्यूल ट्यांक र ३० किलोमिटर प्रतिलिटरको माइलेज यो बाइको विशेषता हो ।

यामाहा फेजर २५०

एफजे २५ बाइकको यो फेअर्ड अवतार हो । यमहा फेजर २५० मा आइल कुल्ड २४९ ससीवाला सिंगल सिलेन्डर इन्जिन छ । विना इन्धन यसको तौल १५४ किलोग्राम छ ।

बजाज पल्सर २२० एफ

बजाज पल्सर २२० एफमा २२० सीसी इन्जिन छ । जसले २०.८ बीएचपीको पावर जेनरेट गर्न सक्छ । टाइट बजेटवाला एभेन्चर मोटरसाइलक किन्नेहरूका लागि यो उपुक्त विकल्प हो ।

यूएम रेनिगेड ड्युटी

नयाँ यूएम रेनिगेड ड्युटी र ड्युटी एस बाइकमा २२३ सीसी, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिन १७ पीएसको पावर र १७ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यो बाइक भारतीय बाजारमा करिब १.१० लाखमा पाइन्छ ।

बजाज एभेन्जर २२०

यो पल्सरको प्रतिस्पर्धी बाइक हो । भारतीय बजारमा यसको मूल्य ९४ हजार भारु पर्छ । यो सस्तो क्रुजर हो ।

रोयल एनफिल्ड थन्डरवर्ड ५००

रोयल एनफिल्ड थन्डरवर्ड ५०० मा ५९९ सीसीको सिंगल सिलेन्डर इन्जिन छ । जसले २७.५ बीएचपीको पावर जेनेरेट गर्न सक्छ । यो एक क्रुजर हो । यसको मूल्य भारतीय बजारमा १.९० लाख पर्छ । हाइ कम्फर्ट, उत्कृष्ट परर्फमेन्स र २० लिटर फ्युल ट्यांक छ ।
एजेन्सीको सहयोगमा मिडिया एनपी

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार