फागुन २२, सल्यान ।
सल्यान कपुरकोट हुँदै त्रिवेणि गाउँपालिकाको फालावाङ सम्मको सडकको स्तर उन्नती कार्य आज मंगलबारबाट शुरु भएको छ ।
कपुरकोट गाउँपालिकाको ५० लाखको लागतमा सडक स्तर उन्नती गर्न लागिएको हो । सडक विस्तार कार्यको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका हुन् ।
गाउँपालिकाको मापदण्ड अनुसार ६ मिटर ७५ सेन्टीमिटर चौडाइको मोटरबाटो निमार्ण गरिने कपुरकोट, धनवाङ गाँडापानी मोटरबाटो निर्माण उपभोक्ता समितीका अध्यक्ष मित्रलाल कठायतले बताए ।
यस अघि सोमबार बसेको समितीको बैठकले सडक विस्तारका लागी कपुरकोट बजार स्थीत सडकमा पर्ने घर भत्काउन १५ दिनको समय दिएको थियो ।