• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

संसद भवनमा रेशम चौधरीको पक्षमा प्रदेश सांसद नै बाेलेपछि…


 फागुन २२, धनगढी ।

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतको लागि सांसदमा प्रस्तावपत्र दर्ज गरेपछि पक्ष र विपक्षमा सांसदहरु आ–आफ्नो मत जाहेर गरे ।

प्रतिपक्षमा रहेको राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाथारुले सभामुख अर्जन थापाले दिएको १० मिनेटको समय सीमामा अधिकांश समय कारागारबाटै आमरण अनशन थालेका प्रतिनिधिसभा ‘सांसद’ रेशम चौधरीको पक्षमा खर्चिन् । जनमतबाट निर्वाचित सांसद चौधरीलाई हालसम्म प्रमाणपत्र र शपथ ग्रहण नगराएको र जर्बजस्ती अपराधी सावित गर्न खोजेको आरोप लगाइन् ।

व्राहृमणवादी सोचका कारण थारुहरुलाई कानूनी विभेद गरेकोले प्रहरीकै मोस्ट वान्टेड सुचीमा रहेका नवराज सिलवाललाई शपथ ग्रहण गराएको तर कानूनको सम्मान गर्ने रेशमलाई जेलमा अपराधी झैं व्यवहार गरेको भनिरहँदा नेकपा एमालेका सांसद लिलाधर भट्टले बिचैमा उठेर नियमापत्ति जनाए । सभामुखको अनुमतिपछि बोल्दै सांसद भट्टले अदालतमा विराधिन मुद्धावारे संसदमा धारणा राख्न नपाउने भन्दै आपत्ति जनाए ।

तर सांसद मालामति रानाले आफ्नो भनाई नरोकी निरन्तर बोलिरहिन् । सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले रेशम चौधरीलाई अन्यत्र जेलमा स्थानान्तरण गर्ने भनी दिएको अभिव्यक्तिको कडा आलोचना समेत गरिन् ।
उनले सामाजिक सद्भाव विना ठूला–ठूला विकासको परिकल्पना गर्नु व्यर्थ रहेको समेत आक्रोश व्यक्त गरिन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार