दुर्गा वि.सी.
फागुन २२,सल्यान ।
सल्यानको पश्चिमी क्षेत्रमा रहेको कृष्ण वोर्डिङ्ग स्कुल देवस्थलले २१ औ वार्षिक उत्सव मनाएको छ ।
विद्यालयको वार्षिक उत्सव मानाउने क्रममा कृष्ण वोर्डिङ्ग स्कुलका सस्थापक दिपेन्द्र विष्टले सल्यानको नमुना विद्यालयका रुपमा उक्त संस्थालाई स्थापना गर्न चाहेको वताए । शिक्षा गुणस्तरको विषयमा चर्को कुरा उठिरहेको अवस्थामा आफ्नो विद्यालयमा सिकाई उपलब्धीमा र समाजको इमान्दार,नैतिक,चरित्रवाण दक्ष जनशक्ती उत्पादन र प्राविधीक शिक्षाका कुरालाई महत्व दिने संस्थाको उदेश्य लक्ष्य रहको उहाँको भनाई रहेको छ ।
सरकारी तवरबाट र स्थानीय निकायहरुबाट समेत प्राईवेट संस्थाहरुलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सोचको खाँचो रहेको समेत वतए । २१ औ वार्षिक उत्सवका अवसरमा बन्गाड कुपिण्डे नगरपालीकाकी उपमेयर मञ्जु यरी,जिल्ला प्यावसनका अध्यक्ष पुर्ण वस्नेत,प्यावसनका केन्द्रीय सदस्य महेश देवकोटा सामुदायिक विद्यलायबाट उपस्थित प्रधानाध्यपकहरु, राजनैतिक दल,विभिन्न संघ संस्थाका प्रमुख प्रतिनीधी लगाएतका महानुभावले विद्यालयको वार्षिक उत्सवमा मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयको वार्षिक उत्सव समाहरोमा विद्यालयका विद्यार्थीहरुले सास्कृतिक कार्याक्रम समेत प्रस्तुत गरेका थिए । कृष्ण वोर्डिङ्ग स्कुल हाल कक्षा १० सम्म सञ्चालन हुदै आएको छ । बन्गाड कुपिण्डेको पहिलो वोर्डिङ्ग स्कुल भएकोले यसलाई अव छुटै प्राविधीक धार सञ्चालन गरेर अघि वढ्न समेत सुझाव दिएको छ ।
वार्षिक उत्सव समारोको विद्यालय व्यवस्थापन समिती अध्यक्ष कोकिला विष्टको अध्यक्षतामा र सञ्चालन विद्यालयका शिक्षक गणेस वुढाले गरेको प्रिन्सीपल भिम अधिकारीले जानकारी दिएका छन् ।