• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे सल्लीवजारमा सञ्चालीत शिवीरमा २५१ जनाको आँखा जाँच


दुर्गा वि.सी.
फागुन २२,सल्यान ।

सल्यानको सल्लीवजारमा सञ्चालन भएको आँखा शिवीरमा आज २ सय ५१ जनाले आँखाको चेक जाँच गरेका छन् ।

आजै नै ३० जनाको आँखाको सल्याक्रिया भएको छ । २ दिन सम्म चल्ने शिवीरमा टाढाटाढाबाट समेत आँखाको चेक जाँच गर्न आएका छन् । बन्गाड कुपिण्डे नगरपालीका र सिम्ता सुर्खेत गाउँपालीकाका स्थानीय नागरिकहरुले उक्त सेवा लिएका छन् ।

नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षचौर दाङ्गको प्राविधीक सहयोग, नेपाल सरकारको आर्थिक सहयोग तथा बन्गाड कुपिण्डे नगरपालीका,रेडक्रस उपशाखा सल्लीको आयोजनमा शिवीर सञ्चालन भएको रेडक्रस सल्लीका सभापति पुष्कर वि.सी. ले वताए ।

आँखाको सफल उपचार तथा चेक जाँचको लागि पहिलो दिन छुटेका सवै विरामीहरुलाई दोस्रो दिन उक्त सुविधा लिन आउनको लागी सभापति वि.सीले अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार